दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आज २३ औँ राष्ट्रिय धान दिवस मनाइँदै, वर्षाको अभावले देशभर धान रोपाइँ सुस्त

सोमबार, असार १५, २०८३

काठमाडौं,१५ असार - राष्ट्रिय धान दिवस सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरी हरेक वर्ष मनाउँदै आएको छ। यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ।

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ। आधा असार सकिन लाग्दा धान रोपाइँ भने न्यून भएको छ। यस वर्ष पानी नपर्दा धान रोपाइँ कम भएको हो।

कृषि विभाग अनुसार हालसम्म असारसम्म मुलुकभर ११.३३ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष सो अवधिमा १५.६ प्रतिशत धान रोपाइँ भएको थियो । मुलुकभर धान रोपाइँ हुने १३ लाख ९१ हजार ४८८ हेक्टर क्षेत्रफलमा रहेकोमा यो वर्ष एक लाख ५६ हजार ५८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

१२ असारसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२.८ प्रतिशत अर्थात् नौ हजार ८७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा २०.९ प्रतिशत अर्थात् ६२ हजार ६७१ हेक्टर क्षेत्रफलमा र गण्डकी प्रदेश

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ०८:२९
प्रतिक्रिया दिनुहोस्