सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

आइतबार, वैशाख २८, २०८२

काठमाडौं, २८ बैशाख - सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संसोधनका बारेमा जवाफ दिए पछि सो बहुमतले पारित गरिएको छ ।


सभामुख देवराज घिमिरेले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरे पछि बहुमतले पारित भएको हो ।


राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्