जनतासँग माओवादी अभियान बङ्गलाचुलीमा सुरु

सोमबार, वैशाख २९, २०८२

कमिरेचाैर २९ बैशाख - नेकपा माओवादी केन्द्र को जनतासँग माओवादी अभियान बंगलाचुली गाउँपालिकामा आजबाट सुरु भएको छ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बङ्गलाचुली गाउँ पार्टी कमिटीले जनतासँग माओवादी संगठन विस्तार तथा सुदृढीकरण अभियान आजदेखि सुरु गरेको  हाे। पार्टीले  बंगलाचुली गाउँपालिका वडा नम्बर १ बाट अभियानको थालनी गरेको हाे।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

माओवादी केन्द्र वडा पार्टी कमिटी अध्यक्ष जितबहादुर घर्ती मगरको अध्यक्षता एवं पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेकपा माओवादी केन्द्र बङ्गलाचुली गाउँ पार्टी कमिटीका अध्यक्ष सविराम कामी, इन्चार्ज चुराणमणि नेपाली ,सह इन्चार्ज डोमाकान्त कवर मगर लगायतको सहभागिता रहेको थियो।

अभियानको पहिलो दिन बंगलाचुली गाउँपालिका वडा नम्बर १ बाट ९ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा पिमलाल सार्की, जगत सुनार, धनादेवी नेपाली, मेघराज नेपाली, विशाल सुनार, बिमला सुनार ,रमेश बिक र कौशिला थापा रहनुभएको छ । नवप्रवेशीहरूलाई कार्यक्रमका प्रमुख अतिथि अतिथि लगायतले स्वागत गर्नुभएको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
समाचार