Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सहिद कृष्णसेनको स्मृति दिवसमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम  सम्पन्न 

मंगलबार, जेठ १३, २०८२

दाङ ,१३ जेठ - महान सहित कृष्णसेन इच्छुकको सम्झनामा अखिल (क्रान्तिकारी ) दाङले राजनिती, साहित्य र पत्रकारितामा कष्णसेन इच्छुकको योगदान विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी ) दाङका अध्यक्ष गोविन्द कुमार मल्लको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख अतिथिमा कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले नेपाली क्रान्तिका महान शहीद कृष्ण सेन ‘इच्छुक’ नेपाली साहित्य, पत्रकारिता, राजनीति र सांस्कृतिक आन्दोलनका एक बहुआयामिक व्यक्तित्व रहेको बतनउनुभयो। उहाँले इच्छुकको  जीवन र योगदानले नेपाली समाजमा गहिरो प्रभाव पारेको बताउनुभयो । उहाले इच्छुकको जीवनी, व्यक्तित्व र कृतित्वको सबैले गम्भीर अध्ययन गर्न अति आवश्यक रहेको समेत बताउनुभयो । 494820009_1071371798174718_2723210006073291431_n-1748356070.jpgकार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका पुर्व अध्यक्षहरु डिल्ली अधिकारी,मधुसूदन वैद्य,प्रदिव वली ,वाम विश्लेषक सर्जन गौतम, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष प्रताप रेग्मी,अनेरास्ववियुका दाङ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य भिमा डिसि लगायतले मन्तव्य राख्नुभएको थियो । 


कार्यक्रमा बोल्ने अधिकांश वक्ता हरुले कृष्णसेनले देखाएको बाटोमा हिड्ने र माओवादी घटकहरु एक ठाँउमा आउनु पर्ने धारणा राख्नु भएको थियो 

कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका सचिव  विश्वराज आचार्य,अखिल (क्रान्तिकारी ) दाङका पुर्व अध्यक्ष गणेश चौधरी ,सुमन रोका,जंग रोका,कल्याण अधिकारी, संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष गिरबहादुर महरा, नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष उदय जिएम, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष भुपेन्द्र प्रकाश वली लगायतको सहभागीता रहेको थियो ।सो अवसरमा २०८१ चैतमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दाङबाट विजयी भएका पदाधिकारी तथा सदस्य हरुलाई सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो ।


संगठनका दाङ जिल्ला उपाध्यक्ष मधुसूदन गिरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमक‍ सहजिकरण जिल्ला सह सचिव प्रशान्त पोख्रेलले गर्नुभएको थियो ।
कार्यक्रममा सहिद कृष्णसेन बहुप्राविधिक शिक्षालय लगायत का विद्यालय सहित विभिन्न विद्यालयका करिब ८० जना विद्यार्थीको सहभागीता रहेको थियो ।495270087_1615303242488786_7018477042023586364_n-1748356285.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
समाचार