सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडाैँ - नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् । १ सय ८८ मत बढी ल्याउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका थिए । महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका थिए। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।