Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नेपाल एसँगको तीन खेलको एकदिवसीय शृंखला क्यानडाले जित्यो

बिहीबार, फागुन १०, २०८०

काठमाडौं : क्यानडा र नेपाल ए बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले २—१ ले जितेको छ।

बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो। १८२ रनको मध्यम लक्ष्य पाएको क्यानडाले ३८।५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। क्यानडाको जितमा निकोलस किर्तनले नटआउट ५८ रनको योगदान दिए। त्यस्तै, आरोन जोनसनले ४२ र नभनित धाइवालले ३८ रन बनाए। बलिङमा क्यानडाका हर्ष ठाकेर, डिलन हेइलिजर र निकोलस किर्तनले समान २(२ विकेट लिए। त्यस्तै कालेम साना र साद जाफरले समान १(१ विकेट हात पारे।

नेपालका लागि ब्याटिङमा आशुतोष घिरैया २८, अर्जुन कुमाल २७, बासिर अहमद २५, सन्दीप जोरा, २४, सुजन थपलिया २०, प्रतिश जिसी १९ रनमा आउट भए। शेर मल्ल र साहब आलमले खाता नै खोल्न सकेनन् भने हेमन्त धामी ६ रनमा आउट भए। यता बलिङमा साहब आलमले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट हात पारे। त्यस्तै शेर मल्ल र बाहिर अहमदले समान १(१ विकेट लिए।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
समाचार