आजाद खड्का ने.क.पा माओवादी केन्द्रमा समाहित

शनिबार, फागुन १२, २०८०

दाङ - समाजवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष आजाद खड्का ने.क.पा माओवादी केन्द्रमा समाहित भएका छन् । यस अघि एकीकृत समाजवादी पार्टीका राष्ट्रिय परिषद सदस्य खड्कालाई शनिबार माओवादी केन्द्रमा स्वागत गरिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर ५ निवासी खड्कालाई पार्टीमा स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले नेतृत्व जनतामुखी हुँदा पार्टीमा आकर्षण बढ्ने अनुभव सुनाए । राजनीति जनताकै जीवनस्तर सुधारकालागि गरिने भन्दै निर्वाचन जितेपछि पनि जनताकै बीचमा जानुपर्ने उनको भनाई छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, पार्टीका तुलसीपुर नगर इन्चार्ज प्रेमराज वली, पार्टीका वातावरण विभागका सदस्य डिल्ली रावत, प्रदेश कमिटि सदस्य चित्रबहादुर खड्कालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीले गरेका थिए ।  

यसैबीच शनिबार बबई ६ सुनपुर छाउनीमा ५० जनाले माओवादी केन्द्रमा प्रवेश गरेका थिए, भने बबई गाउँपालिका ५ पूर्वहापुरे निवासी एमालेका क्रियासिल सदस्य गोपाल गन्दर्भ पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अर्थमन्त्री मास्कीले स्वागत गरेका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्
समाचार