सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ ३१ जेठ - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) दाङको बैठक सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी ) दाङका अध्यक्ष गोविन्द कुमार मल्लको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले असार १ गतेदेखि ३ महिने जागरण अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको जिल्ला प्रवक्ता विष्णु गोराथोकिले जानकारी दिनुभयो । जसको लागि क्षेत्रीय इन्चार्ज समेत तोकिएको छ । जसअन्तर्गत क्षेत्र नम्बर १ को इन्चार्जमा भरत भुषाल सह इन्चार्जमा विनोद सोनि , टिकाराम रावत र आकाश यादवलाई चयन गरिएको छ । यस्तै क्षेत्र नम्बर २ को इन्चार्जमा मधुसूदन गिरी सह इन्चार्जमा प्रशान्त पोख्रेल, विष्णु गोराथोकी र संगिता चौधरीलाई चयन गरिएको छ । भने क्षेत्र नम्बर ३ को इन्चार्जमा भद्र बहादुर खत्री भुपेश र सह इन्चार्जमा हिरालाल वली जनार्दन र नवीन केसीले लाई तोकिएको प्रवक्ता विष्णु गोराथोकीले जानकारी दिनुभयो । साथै संगठनको बैठकले २५ सदस्यीय सचिवालय समेत गठन गरेको उहाले बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले संगठन भित्र रहेका समस्यालाई समाजिक सञ्जालमा प्रस्ट्याउनु भन्दा बैठकमा प्रस्तुत गर्ने जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका इन्चार्ज आचार्यले असार १ देखि सुरु हुने विद्यार्थी जागरण अभियानमा विद्यार्थी माझ पार्टीको कुरा भन्दा पनि पढाईमा फोकस गर्ने विषयहरु उठान गर्नुपर्ने बताउनुभयो । साथै संगठनका कुरा पनि बुझाउन सुझाव दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका संयोजक हरिमान पुन वरुण जिल्ला सचिव विश्वराज आचार्य, अखिल क्रान्तिकारी दाङका फ्याक्सन इन्चार्ज जंग रोका, सह फ्याक्सन इन्चार्ज कल्याण अधिकारी, अखिल (क्रान्तिकारी ) लुम्बिनी प्रदेश उपाध्यक्ष गिर बहादुर महरा लगायतको सहभागीता रहेको थियो । बैठकको सञ्चालन संगठनका दाङ जिल्ला सह सचिव प्रशान्त पोख्रेलले गर्नुभएको थियो ।