चलचित्र ‘मोहर’ को ‘झुम झुम झुम्किका’ बोलको गीत सार्वजनिक

सोमबार, असार २३, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं,२३ असार - नेपाली चलचित्र ‘मोहर’ को बहुप्रतीक्षित गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता झन् बढेको देखिएको छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

एसडी योगी र विज्ञानी पराजुली को सुमधुर स्वरमा सजिएको उक्त गीतमा हरक साउँद को शब्द रचना र संगीत एसडी योगी स्वयंको रहेको छ। गीतको एरेन्जमेन्ट रिकेश गुरुङ (कीज) ले गरेका छन् भने बाँसुरीमा रत्न बि.के., तबला, ढोलक र मादलमा भुवन गन्धर्व को मनमोहक संगत रहेको छ। मिक्सिङ तथा मास्टरिङ एसडी योगी द्वारा SD Creation मा गरिएको छ।

यस चलचित्रमा प्रमुख कलाकारहरू पल शाह, अर्जुन जङ्ग शाही, बेनिशा हमाल, निति शाह, मिथिला शर्मा, रबिन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधवदत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य अभिनय गर्नु भएकाे छ । बाल कलाकार  सारा शर्मा अभियन रहेकाे छ ।

गीतको भिडियोमा चर्चित कोरियोग्राफर कबिराज गहतराज को कोरियोग्राफी रहेको छ, जसले गीतलाई अझ जीवन्त बनाएको छ।

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १९:०४
प्रतिक्रिया दिनुहोस्