Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दुर्गा खड्का (रोकाया) र प्रकाश बीसीको तीज गीत ‘बुट्टे साडी’ सार्वजनिक, स्रोता–दर्शकमाझ चर्चा

शुक्रबार, साउन १६, २०८२

काठमाडौं, १६साउन – तीजको अवसरमा  दुर्गा खड्का (रोकाया) र  प्रकाश बीसीको नयाँ तीज गीत ‘बुट्टे साडी’ सार्वजनिक भएको छ। गीतमा गायिका दुर्गा खड्का (रोकाया) सँगको युगल स्वरमा प्रस्तुत यो गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक–स्रोताबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

सुभाष घर्ती र श्याम कुमार बीसीको शब्दमा आधारित गीतमा श्याम कुमार बीसीकै संगीत रहेको छ। गीतको संगीत संयोजन पूर्ण संयोगले गरेका छन् भने मिक्सिङ र माष्टरिङ खडक बजुरालीले गरेका हुन्। रेकर्डिस्ट सागर बजुराली रहेको गीतको ध्वनि सम्पादन मालश्री स्टुडियोमा गरिएको हो।

‘बुट्टे साडी’ को भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनाइएको छ। निर्देशन रोशन श्रेष्ठले गरेका छन् भने नृत्य निर्देशन चन्द्र गुरुङको रहेको छ। वीरेन्द्र परियारको छायांकन, अनिषा नानुको सम्पादन र अनिल बिष्ट प्युठानीको कलर ग्रेडिङले भिडियोलाई थप जीवन्त बनाएको छ।

भिडियोमा धिरेन शाक्य, किशोर खातीवडा, प्रकाश गिरी, पवित्रा शंकी (मिस पाबी), निशाना राई र सबिता खड्काको अभिनय देख्न सकिन्छ। गीतको पोस्ट प्रोडक्सन कार्य जल राप्ती डिजिटल म्युजिक प्रा.लि. बाट सम्पन्न गरिएको हो, जसको आईटी सपोर्ट पनि अनिल बिष्ट प्युठानीले गरेका छन्।

गीतको वितरण Starzon Movies and Media Pvt. Ltd मार्फत गरिएको छ।

गीतको लि‌क : https://youtu.be/UwFMIbnWkIg

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
समाचार