दुर्गेश थापाको नयाँ गीत "बिच बिचमा ७ (तीजका बेलामा रिस्को बेलामा) सार्वजनिक

आइतबार, साउन १८, २०८२

काठमाडाैं,१८साउन -  गायक दुर्गेश थापाले आफ्नो नयाँ गीत "बिच बिचमा ७  (रिस्को बेलामा) सार्वजनिक गरेका छन्। गीतमा दुर्गेश थापासँगै सागर थापा क्षेत्रीले आवाज दिएका छन्। गीतको शब्द र संगीत स्वयं दुर्गेश थापाले तयार गरेका हुन्। यसका एरेन्जर शाहस शाक्य हुन् भने मिक्सिङ र मास्टरिङ बिमल छिनालले गरेका छन्। गीतको सम्पूर्ण रेकर्डिङ डाइनामिक स्टुडियोमा गरिएको हो। यो गीतले संगीतप्रेमी दर्शकलाई उर्जाशीलता र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

भिडियोमा दुर्गेश थापा, लासो पेमा, तारा बोहरा, सन्ध्या क्षेत्री, र प्रियान्सु शर्मा लगायतले  अभिनय गरेका छन्।  प्राविधिक पक्षमाDOP (Direction of Photography): नवराज उप्रेती र उनकी टिम गरेकाे छ भने  सम्पादन/कलरिंग: मिलन विश्वकर्मा गरेका छन् र   कोरियोग्राफी/निर्देशन: दुर्गेश थापा र मौसम हिमालीले गरेका छन् ।
  पोस्ट प्रोडक्सन: ड्रागन पिक्चर्समा गरिएकाे छ भने गीतकाे भिडियाे दुर्गेश थापा Youtube Channel मा सार्वजनिक गरिएकाे छ ।  गीत हेर्न सुन्नका लागि यहाँ क्लिक गर्नुहाेस

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्