Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

चर्चित गायक भरत परियारकाे नयाँ तीज गीत "करीम" सार्वजनिक (भिडियाे सहित)

बिहीबार, साउन २२, २०८२

साउन २२,दाङ - हरितालिका तीज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीजका नयाँ भाका र गीतहरू सार्वजनिक हुने क्रम जारी छ। यसै क्रममा चर्चित गायक, गीतकार तथा सर्जक भरत परियारले यस वर्षको तीज पर्वलाई लक्षित गर्दै नयाँ गीत “करीम” सार्वजनिक गरेका छन्।

 गायक भरत परियार र गायिका सुनिता मी परियारको सुमधुर स्वर रहेको यस गीतका शब्द तथा संगीत स्वयं गायक परियारले सिर्जना गरेका हुन्। गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् भने समित परियारले ध्वनि सम्पादन गरेका छन्।

 भावनात्मक र पारिवारिक सन्देश बोकेको “करीम” गीतको भिडियो पनि उत्तिकै सशक्त छ। सरोज शाहीले छायांकन गरेको भिडियोमा सुरज आचार्यको कोरियोग्राफी रहेको छ। भिडियोको निर्देशन, सम्पादन तथा रंग संयोजन नरेन्द्र बहादुर धामीले गरेका हुन्। भिडियोमा बिजय केसी, अश्मिता बस्नेत, देवकुमारी खड्गी, डि.के. सुनार लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

गीतमा परदेशमा रहेकी एक नेपाली चेलीले मातृभूमिमा मनाइने तीज पर्वलाई सम्झिएको मार्मिक कथा प्रस्तुत गरिएको छ। “तिजैको लहर मनै हरर, सबैलाई आयो तिज बरिलै” जस्ता भावनात्मक पंक्तिहरूले गीतलाई झनै आत्मीय बनाएका छन्। एक दिदीको पीडा र भाइको माया तथा घर फर्कन गरेको आग्रहले दर्शकको मन छोएको छ।

उक्त म्युजिक भिडियो गायक भरत परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। तीजको मौलिकता, भावनात्मक गहिराइ र सांगीतिक सशक्तताले भरिएको “करीम” गीतले यस वर्षको तीजमा विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

गीतकाे लिंक :
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्
समाचार