सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ, २३ साउन - हिन्दु नेपाली दिदी-बहिनीहरु महिला नारीहरुको महानचार्ड हरितालिका तिज पर्ब नजिकिदै गर्दा बजारमा बिभिन्न तिजका नयाँनया भाकाहरु सार्बजनिक हुने क्रम जारि छ । यसै क्रममा चर्चित गायिका संगीता अधिकारीको स्वरमा रहेको ‘यो तिजमा बेसरी नाच्ने हो ’’ बोलको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । जुन गितमा ज्ञानदिप सापकोटाको शब्द तथा संगीत रहेको छ । जसमा भुपेन्द्र रायमाझिले गितको अरेन्ज गरेका छन् ।
गायिका संगीता अधिकारीका यस अघिपनि बजारमा थुप्रै आधुनिक,भजन , लगायत गितहरु पनि सार्बजनिक भईसकेका छन् जस्तै : मधुरबानि, मनुष्य चोला ,भजन सङ्ग्रह, त्यस्तै आधुनिकमा , किन दिलको पाना , मौसम बर्सातको, मिठा मिठा कुरा , फुल्छु भन्थे , सुन्ने हल्ला जस्ता आधुनिक गितहरु बजारमा लोकप्रिय छन् । साथै आगामी दिनहरुमा पनि नयाँ नयाँ सृजनाहरु बजारमा ल्याउने तयारी भईरहेको गायिका अधिकारीले भनिन ,,
हेर्नुहोस भर्खरै सार्बजनिक भएको उहाको तिजको म्युजिक भिडियो