विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

बुधबार, साउन २८, २०८२

काठमाडौँ,२८साउन -  चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी नयाँ तीज गीत सार्वजनिक गर्दै यो तीजमा पनि अरु भन्दा फरक लय र शैली लिएर आएकी छन् ।


बुधबार बिहान ‘म त नराउरी’ बोलको गीत युट्युब माफत सार्वजनिक भएको छ । यो उनको २०८२ को पहिलो तीज गीत हो ।

यो गीत 'पुलतीको भट्टी' भाग २१ का रूपमा बजारमा आएको हो । हरेक वर्ष तीज नजिकिँदै गर्दा उनका प्रशंसकहरु उनको गीतको प्रतिक्षामा रहेका हुन्छन् ।

‘म त नराउरी’ गीतका रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी हुन् । उक्त गीतमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने ६० जनाभन्दा बढी कोरस कलाकार एकसाथ नाचेका नाचेका छ्न् ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्