सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ २ भदाै - आउँदो असोज १३ गते (सेप्टेम्बर २९) अर्थात् दशैंको फूलपातीका दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र “हरीबहादुरको जुत्ता” को नयाँ गीत ‘बेला बितेसी’ सार्वजनिक भएको छ ।
गीतमा समिक्षा अधिकारी र प्रकाश सपुतको स्वर रहेको छ भने, शब्द, संगीत तथा कम्पोज पनि प्रकाश सपुतकै रहेको छ । गीतलाई श्यामश्वेत रासाइलीले एरेन्ज, मिक्स तथा मास्टर गरेका हुन् ।
भिडियोमा स्वस्तिमा खड्का र प्रकाश सपुतले अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् भने छायांकन पवन सुस्लिङले गरेका हुन् । पोशाक डिजाइन सुखनीता चौलागाईं (भ्यालेन्टिनो द बुटिक), मेकअप रितु छान्त्याल र हेयर ईश्वर शर्माले गरेका छन् ।
स्टुडियो रेकर्डिङ गोविन्द अनेक र कमल थापा मगरले प्रिज्म स्टुडियोमा गरेका हुन् । नृत्य टोलीलाई नवराज रिजाल र देवराज सापकोटाले नेतृत्व गरेका छन् ।
त्यस्तैगरी चलचित्रमा हरी बंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, दिव्य देव पन्त, हरिहर शर्मा, रोशनी (अम्बिका) सापकोटा, पार्वती कुमारी भण्डारीलगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ ।
दशैंको अवसरमा रिलिज हुन लागेको “हरीबहादुरको जुत्ता” ले पारिवारिक रमाइलो र भावनात्मक कथावस्तुको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।
गीतकाे लिक :