Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

शुक्रबार, भदौ ६, २०८२

भालुबाङ, ६ भदौ - दाङको राप्ती गाउँपालिकामा शुक्रबार तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा पालिकाका विभिन्न वडाका महिलाहरूले सहभागी भई नाचगान प्रस्तुत गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले चेली र माइतीबीच आपसी एकता, माया–ममता र सांस्कृतिक पहिचानलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने बताउनुभयो। उहाँले मौलिक पर्वलाई आत्मसात् गर्दै संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, उपाध्यक्ष कमलापति चौधरीले तीजजस्ता पर्वले महिला सशक्तीकरण, सामाजिक सद्भाव र उत्साहको वातावरण सिर्जना गर्ने उल्लेख गर्दै महिलाहरूले देखाएको सक्रियता र उत्साहप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

राप्ती गाउँपालिकाले प्रत्येक वर्ष तीज पर्वको अवसरमा यस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रममा पनि सहभागीहरूले दर खाने, रमाइलो गर्ने र तीजको परम्परागत महत्वलाई स्मरण गर्दै खुसी साटासाट गरेका थिए।

WhatsApp-Image-2025-08-22-at-4.29.11-PM-1755867224.jpeg

WhatsApp-Image-2025-08-22-at-4.29.11-PM-(1)-1755867223.jpeg

WhatsApp-Image-2025-08-22-at-4.29.12-PM-1755867221.jpeg

WhatsApp-Image-2025-08-22-at-4.29.18-PM-1755867220.jpeg

WhatsApp-Image-2025-08-22-at-4.29.29-PM-1755867219.jpeg

WhatsApp-Image-2025-08-22-at-4.29.30-PM-1755867217.jpeg

WhatsApp-Image-2025-08-22-at-4.29.30-PM-(1)-1755867216.jpeg

WhatsApp-Image-2025-08-22-at-4.39.08-PM-1755867215.jpeg

WhatsApp-Image-2025-08-22-at-4.29.32-PM-(1)-1755867214.jpeg

WhatsApp-Image-2025-08-22-at-4.29.11-PM-(1)-1755867132.jpeg

WhatsApp-Image-2025-08-22-at-4.29.32-PM-(2)-1755867055.jpeg

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
समाचार