एमाले विधान महाधिवेशनमा कर्ण थापाको फरक मत पेस हुन पाएन

शनिबार, भदौ २१, २०८२

काठमाडौँ,२१ भदाै -  नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस हुन पाएन।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा थापाको फरक मत कार्यसूचीमा समावेश भए पनि अन्ततः प्रस्तुत गर्न नदिएको थापाले गुनासो गरेका छन्। उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले समय नदिएपछि फरक मत प्रस्तुत गर्ने अवसर छुटेको हो।

थापाले भने, “अध्यक्षले समय दिनुभएन र फरक मत पेस हुन पाएन। यो अत्यन्त गलत र अलोकतान्त्रिक अभ्यास भयो।”

महाधिवेशनको पहिलो दिन अध्यक्ष, उपाध्यक्ष र महासचिवको प्रस्ताव पेस भएको थियो भने विभिन्न आयोगका प्रतिवेदन शनिबार प्रस्तुत गरिएका छन्। तर, ३२ पृष्ठ लामो आफ्नो फरक दस्तावेज प्रस्तुत गर्ने अवसर नपाएको थापाले जनाएका छन्।

उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासको सवाल उठाउँदै विशेषगरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता होल्ड गर्न नहुने भन्दै फरक मत तयार गरेका थिए।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
समाचार