सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर १ असोज - नेकपा (माओवादी केन्द्र) बंगलाचुलीले जेन्जी समूहको उठाएको अधिकांश एजेन्डाहरू आफ्नो पार्टीले विगत देखि अवलम्बन गरेका लक्ष्य उद्देश्यसँग मिलेको निचोड निकालेको छ । पार्टिले पछिल्लो जेन-जी पुस्ताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अन्य उपलब्धि हासिल गर्नका लागि पार्टी तयार रहेको समेत बताएको छ ।
माओवादी केन्द्र बंगलाचुलीको आज बसेको गाउँपार्टी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिका अध्यक्ष सविराम कामीको अध्यक्षता, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरको प्रमुख आतिथ्यता तथा पार्टीका दाङ जिल्ला सचिव विश्वराज आचार्यको विशिष्ट अतिथ्यमा बैठक सम्पन्न भएको हो।
बैठकले जेनजी समूहको आन्दोलन पछि देशको परिस्थिति आफै पनि अन्योलपूर्ण रहेको बताउँदै धैर्य र संयमताका साथ सामाजिक सद्भाव एकता कायम गर्दै पार्टीका सबै निकायहरूलाई जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न समेत अपिल गरेको छ।
बैठकले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन समयमै सम्पन्न गरी ताजा जनादेश प्राप्त जनप्रतिनिधिहरूलाई सरकार हस्तान्तरण गर्न अन्तरिम सरकार समक्ष माग समेत गरेको छ । यसैविच बैठकले गाउँपालिकाका सबै वडा कमिटीहरुका अगुवा कार्यकर्ताहरूको बैठक तथा अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय गरेको छ। भने जेनजीहरुको पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ।यसैविच बैठकले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली एव घाईतेहरुको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ ।बैठकमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुले देशको वर्तमान अवस्थाका विषयमा समिक्षा गरेका थिए ।
सो अवसरमा माओवादी केन्द्र लुम्विनि प्रदेश सचिवालय सदस्य तुल्सीराम पुनमगर, दाङ जिल्ला सचिव विश्वराज आचार्य, बंगलाचुली गाउँ पार्टी ईन्चार्ज चुरामणी नेपाली ,लुम्विनी प्रदेश परिषद सदस्यहरु शोभाराज विश्वकर्मा,रमा कुमारी पुन,नारायण डाँगी लगाएतले बोल्नुभएको थियो ।
बैठकमा जेन-जी आन्दोलनमा सहादत प्राप्त सहिदहरुको तस्विरमा माल्यार्पण तथा अविर लगाई सम्मान तथा श्रद्धाञ्जली गर्पण गरिएको थियो । बैठकको संचालन पार्टीका सचिव गोपिराम थापाले गर्नुभएको थियो ।