आईसीसी टी–२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा, कुवेत बाहिरियो

शुक्रबार, असोज २४, २०८२

काठमाडाै‌,२४ असाेज - आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाल र जापान ‘सुपर सिक्स’मा प्रवेश गरेका छन्। बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन्।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

नेपालसँग पहिले नै हार भोगिसकेको कुवेतले जापानविरुद्धको पराजयसँगै समूह चरणमै यात्रा टुंग्याएको छ। अब समूह ‘बी’को अन्तिम खेलमा शुक्रबार नेपाल र जापान आमनेसामने हुनेछन्, जसले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ।

बिहीबार जापानले कुवेतविरुद्ध १७८ रनको लक्ष्य सजिलै पुरा गर्दै १९ ओभर ३ बलमै जित दर्ता गर्‍यो। जापानका इसाम रहमानले ३९ बलमा ६ चौका र ३ छक्कासहित ६४ रनको शानदार इनिङ खेले। सबारिश रविचन्द्रनले ३९, कप्तान केन्डल काडोवाकी फ्लेमिङले २८ र इब्राहिम ताकाहाशीले २६ रनको योगदान दिए।

कप्तान फ्लेमिङको आक्रामक सुरुवातपछि मिडल ओभरमा रहमानले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्