टी–२० विश्वकप छनाेट : नेपालले यूएईलाई दियाे १ सय ४१ रनकाे लक्ष्य

आईसीसी टी–२० विश्वकप छनोट
आइतबार, असोज २६, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडाै‌,२६ असाेज - नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईलाई १४१ रनको चुनौती दिएको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

ओपनर आसिफ शेखले टी–२० आई नवौँ अर्धशतक प्रहार गरेको खेलमा अरुले प्रभावशाली प्रदर्शन गर्न नस्कदा नेपालले १४० रनको सामान्य स्कोर बनाएको हो । टस जितेर पहिला ब्याटिङ थालेको सामान्य स्कोर बनाउने क्रममा ६ विकेट गुमायो ।


नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। टी–२० आईमा उनको यो नवौँ अर्धशतक हो।

अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन जोडे। यी दुईले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे ।


उता कप्तान रोहितकुमार पौडेल २०, गुलशनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट हुँदा अरू चल्न सकेनन्।

उता बलिङमा यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले व्यक्तिगत १/१ विकेट झारे ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्