सुपर सिक्सको पहिलो खेल

आइसिसी टी–२० विश्वकप छनोट : दीपेन्द्र चम्किँदा यूएईविरुद्ध नेपाल एक रनले विजयी

आइतबार, असोज २६, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौँ - अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरी चम्किँदा नेपालले आईसीसी टीट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा यूएईमाथि रोमाञ्चक जित निकालेको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

आइतबार भएको खेलमा नेपाल यूएईमाथि एक रनले विजयी भएको हो ।

१४१ रनको लक्ष्य पछ्याएको यूएईले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १३९ रन बनाउन सक्यो ।

आइतबार साँझ भएको खेलमा यूएईका लागि अलिशान शराफुले ५८ रनको अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन्, ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै ध्रुव प्रशारले पनि ३२ रन बनाउँदा जोनाथन फिगी १९ रन बनाए ।

नेपालका लागि ऐरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सोमपाल कामी, गुलशन झा र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।नेपालका लागि आसिफ शेखले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै कुशल भुर्तेलले २८ रन बनाउँदा रोहित कुमार पौडेलले २० रनको योगदान गरे । नेपालका गुलशन झाले ४ बलमा १४ रन बनाए पाँचौँ बलमा आउट भए भने कुशल मल्लले मात्र १० रन बनाए ।

यूएईका लागि बलिङतर्फ जुनाइद सिद्धकी, मोहम्मद रोहिद, हाइदर अली, हर्सित कौसिक, जहिद अली र ध्रुव प्रशारले एक-एक विकेट लिए ।

आजको जितसँगै नेपालले सुपर सिक्समा २ खेलबाट ४ अंक जोडेको छ ।

562364437_1267067265449651_6315714230119340112_n-1760280290.jpg

559400848_1267176948772016_2055800392149441351_n-1760280290.jpg

559352752_1267177012105343_2931921887052542905_n-1760280288.jpg

558443281_1267176775438700_8019796671740325801_n-1760280286.jpg

558452652_1267177082105336_5320998966667472855_n-1760280284.jpg

558909277_1267176395438738_8352341702392493617_n-1760280281.jpg

561032612_1267176512105393_8899629676024319597_n-1760280280.jpg

559315735_1267176448772066_4304522832810455688_n-1760280277.jpg

559527105_1267176592105385_5332769847956228422_n-1760280276.jpg

560253831_1267176545438723_8543510793964488695_n-1760280273.jpg

559802705_1267176615438716_7892781325630179303_n-1760280271.jpg

559761451_1267176952105349_1760174318034153668_n-1760280267.jpg

559649339_1267177098772001_239881296486033607_n-1760280266.jpg

564210922_1267177115438666_1673175236078023267_n-1760280261.jpg

561498245_1267176995438678_1765080742524058993_n-1760280258.jpg

558213215_1267177048772006_9070879982732232292_n-1760280257.jpg

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्