सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
धनुषा ,३०असाेज - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उहाँलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नयाँ नेतृत्वका लागि हिजो दिउँसो ४ बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोक्नु भएकामा बिहान कांग्रेस एमालेबाहेकको ६ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।
सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुभएको थियो । संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेश सभामा बहुमत पुर्याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।