बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

गण्डकी प्रदेशमाा मुख्यमन्त्री पाण्डेले गरे माओवादीका दुई मन्त्रीलाई बर्खास्त 

मंगलबार, फागुन २२, २०८०

पोखरा - गण्डकी प्रदेश सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । सोमबार सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशमा मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार बिहान मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुम्जालीलाई हटाएर ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँले राख्नुभएको छ ।

अब गण्डकीको मन्त्रिमण्डल पाँच सदस्यीय भएको छ । पाँचै मन्त्री नेपाली काङ्ग्रेसका हुनुहुन्छ । माओवादी केन्द्रले भने अब चाडै सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ । माओवादी केन्द्र सङ्घबाट हुने प्रदेशको बाँडफाँड र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन पखिइरहेको छ । 

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढाले मङ्गलबारै पार्टी संसदीय दलको बैठक बस्ने जानकारी दिनुभयो । “मुख्यमन्त्रीज्यूले गर्न मिल्ने गरिसक्नुभयो, आज हामी संसदीय दलको बैठक बसेर हाम्रो निर्णय लिन्छौँ,’ उहाँले भन्नुभयो । 

गण्डकी प्रदेशमा सरकार परिवर्तन परिवर्तनको छलफल पनि सँगसँगै सुरु भएको छ । सरकार बनाउन गण्डकी प्रदेशमा नयाँ गठबन्धनलाई सहज छैन । ६० सदस्यीय प्रदेशसभामा नेकपा ९एमाले०को २२ र नेकपा ९माओवादी केन्द्र० का आठ गरी ३० सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । 

सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित कृष्ण धिताल हुनुहुन्छ । सभामुखले मत बराबरी भएमा मात्र मतदाता गर्न पाउने कानुनी व्यवस्था छ । यसो हुँदा गण्डकीमा साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) निर्णायक हुने अवस्था छ । गण्डकीमा राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद हुनुहुन्छ ।

प्रदेश सभामा नेपाली काङ्ग्रेसका २७ सांसद छ । सत्ता गठबन्धनले बहुमत जुटाउन नसके नेपाली कांग्रेसले ठुलो दलको हैसियतमा सरकार गठन गर्ने अवस्था आउन सक्छ । यसरी बनेको कांग्रेस सरकारलाई पनि राप्रपा र एकीकृत समाजवादी दुवै साथ जरुरी हुन्छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्