सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही, १२ मंसिर - घोराही उमहानगरपालिका अन्तर्गत ४७ वटा जलाशयहरु रहेका छन् । उपमहागनरभित्र प्राकृति तथा कृत्रिम गरी ४७ वटा जलाशयहरु रहेका छन् । जसमा चार वटा प्राकृति जलाशय र ४३ वटा कृत्रिम जलाशय गरी ४७ वटा जलाशयहरु रहेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।
घोराहीमा उपहानगरपालिका अन्तर्गत पहिले चार वटा प्राकृतिक तालहरुमात्र रहेको भएतापनि पछिल्लो समय ताल तलैयाहरुको महत्व बढेसँगै कृत्रिम जलाशय निर्माण हुने क्रमपनि बढ्दै गएको छ । चार वटा प्राकृतिक जलाशय रहेको घोराही उपमहानगरले हालसम्म ४३ वटा कृत्रिम जलाशयहरु निर्माण गरिसकेको उमहागरका शहरी तथा पूर्वाधार विकास महाशाखाका सव–इञ्जिनियर मधुसूदन खतिवडाले बताउनुभयो । उहाँले जिल्ला एउटा सुख्खा ठाउँ भएको र पानी धेरै चाहिने भएको हुँदा त्यसलाई मध्येनजर गर्दै पर्याप्त पानीका स्रोतहरु बनाउनका लागि कृत्रिम जलाशयहरु निर्माण गरिएको बताउनुभयो ।
उपमहानगर अन्तर्गतका ४७ वडा जलाशयमा अनुमानित पाँच लाख ९९ हजार तीन सय १० वर्ग मिटरमा पानी रहेको र त्यस जलाशयको पानीले सुख्या समयमा करिब छसय ७५ हेक्टर जमिनमा सिंचाई हुने गरेको उहाँले बताउनुभयो । कृत्रिम जलाशयहरु निर्माणसँगै त्यस आसपासका क्षेत्रमा सुक्ने कुवाहरुमा अहिले निरन्तर रुपमा पानी हुने गरेको उहाँले बताउनुभयो । जलाशयहरु बनेसँगै त्यस आसपासका क्षेत्रको वातावरणलाई अनुकूल बनाउँदै लगेको र हरियाली कायम हुने गरेको सव–इञ्जिनियर खतिवडाले बताउनुभयो । ४३ वटा निर्माण गरिएका कृत्रिम जलाशयमध्ये घोराही उपहानगरले आफ्नै लगानीमा २७ वटा र एक वटा प्रदेश सरकारको साझेदारीमा गरी २८ वटा कृत्रिम जलाशयहरु निर्माण गरेको समेत उहाँले बताउनुभयो ।
निर्माण भएका जलाशयहरुमा स्थानीयहरुले आवश्यकता अनुसार माछा पालन गरेर आयआर्जन गरिरहेको र जलाशयहरुले विस्तारै पर्यटकहरुलाई बढाउँदै लगेको उहाँले बताउनुभयो । कृत्रिम जलाशयहरुसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानका लागि विभिन्न विश्व विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरु आउने छन््, उहाँले भन्नुभयो । जलाशय निर्माणले गर्दा किसानहरुको वेमौसमी खेती हुने गरेको र जलाशयकै कारणले किसानले उत्पादन गरेका ताजा तरकारीहरु नगरबासीहरु उपभोग गर्न पाएको समेत उहाँले जोड दिनुभयो । उहाँका अनुसार पहिले प्राकृति तालहरु भएपनि ती तालहरु ओझेलमा पेरका थिए । अहिले कृत्रिम तालहरु बनेपछि धेरै फाइदा हुने रहेछ, भन्ने थाहा भयो । तालहरुले प्रतिफल दिने भएकाले तालहरुको संरक्षण र व्यवस्थापन गर्न सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।
घोराही उमहानगरपालिकाले कृत्रित जलाशयलाई पर्यटनमा वृद्दि गर्ने र तालबाट पर्यटनसम्बन्धी क्रियाकलाप गर्ने उद्देश्यले विद्युतीय बोलपत्र आह्वान गरेको सव–इञ्जिनियर खतिवडाले बताउनुभयो । उहाँले जलाशयहरुको संरक्षण तथा व्यवस्थापनसँगै पर्यटनसँग जोड्न निजी क्षेत्रको सहभागी बढाउनका लागि विद्युतीय बोलपत्रको आह्वान गरिएको बताउनुभयो । पर्यटनसम्बन्धी क्रियाकलाप गर्ने चाहने जो कोहीँले विधिवत रुपमा फर्म दर्ता गरेर मंसिर २३ गतेसम्म दरखास्त दिन सक्ने समेत उहाँको भनाइ छ । जशलायमा पर्यटनसँग सम्बन्धित माछा पालन, डुुङ्गा, रिसोर्ट लगायतका गतिविधिहरु सञ्चालन गर्न पाइनेछ ।
घोराहीमा निर्माण भएका ४३ वटा कृत्रिम जलाशयमध्ये ३० वटा जलाशयको विवरण आइसकेको र बाँकी १३ वटा जलाशयको सर्वेक्षण भइसकेको र विवरणहरु आउने क्रम जारी रहेको छ । उपमहानगरको शहरी तथा पूर्वाधार विकास महाशाखाकाले दिएको तथ्याङ्क अनुसार संघीय सरकारबाट तीन वटा, प्रदेश सरकारबाट एक वटा, बृहत सिंचाइबाट आठ वटा र घोराही उपमहानगरबाट एक प्रदेश सरकारको साझेदारीमा गरी १५ वटा कृत्रिम जलाशय निर्माण भएका छन्, भने तीन वटा प्राकृतिक जलाशय रहेका छन् ।
तथ्याङ्मा भएका विवरण अनुसार घोराही उपमहानगरपालिका– १ मा चरिङ्गे दह, भोट दह, किचेनी दह, चेपे ताल, चुरे ड्याम, अठ्ठाइसे ड्याम र अजिङ्गरे ड्याम गरी सात वटा जलाशय रहेका छन् ।
त्यस्तैगरी घोराही– २ मा चेपे ताल र गैंरीशंकर ड्याम (बामलापुर) गरी दुई वटा, घोराही– ४ मा सिमसोता जलाशय, अमारे सोता जलाशय, अमारे सोता कमिरे जलाशय, छरछलरे जलाशय, रोहीणी जलाशय, र सरेखोला जलाशय गरी छ वटा, घोराही – ५ मा शिवसरोवर जलाशय एक वटा, घोराही– ६ मा पिपल छहारी जलाशय र फचकपुर जलाशय गरी दुई वटा, घोराही– १० मा अर्घु जलाशय, घोराही– १२ सिस्नेरी जलाशय र जंखोली जलाशय गरी दुई वटा जलाशय रहेका छन् । त्यसैगरी घोराही – १३ मा ज्यामिरे जलाशय एक वटा, घोराही– १६ मा गगटे जलाशय, घोराही– १७ मा आरोग्य जलाशय, ढिकपुर जलाशय, कर्जाही जलाशय, गुलरिया जलाशय र कटही जलाशय गरी छ वटा र घोराही – मा सालघारी जलाशय, डवरी जलाशय र गिठेपानी जलाशय गरी तीन वटा जलाशय रहेका छन् ।