दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रुन्टीगढीमा राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिका लागि दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु

आइतबार, जेठ १७, २०८३

रोल्पा, जेठ १७। रुन्टीगढी गाउँपालिकाले राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिहरूको क्षमता विकास तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको छ।
गाउँपालिकाको आयोजनामा जेठ १७ र १८ गते सञ्चालन हुने उक्त कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको छ। कार्यक्रममार्फत सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रभावकारिता, संस्थागत क्षमता विकास तथा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिने अपेक्षा गरिएको छ।

1000179980-1780208466.jpg
 


स्थानीय तहबाट प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्न जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास आवश्यक रहेको भन्दै गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमले सहभागीहरूको ज्ञान, सीप र कार्यक्षमता वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १२:१०
प्रतिक्रिया दिनुहोस्