नेपाली कम्युनिस्ट पार्टीले दाङका तीनवटै क्षेत्रबाट सिफारिस गर्‍यो उम्मेदवार

सोमबार, पुस १४, २०८२

दाङ,१४ पुष । नेपाली कम्युनिस्ट पार्टीले दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

दाङ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ मेटमणी चौधरी पहिलो नम्बरमा सिफारिस भएका छन् । उनी दुईपटकसम्म सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

यसैगरी लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी दोस्रो नम्बरमा सिफारिसमा परेका छन् ।

प्रदेश सभा सदस्य इन्द्रजित थारु सिफारिस सूचीको अन्तिममा छन् ।

सिफारिसमा परेका अन्यमा सुदन प्रसाद खनाल, अमर कवर, दिलिप कुमार सोनी, दीपा रोकामगर र लुमबहादुर कार्की छन् ।

यसैगरी दाङ क्षेत्र नम्बर २ बाट निर्मल आचार्य पहिलो नम्बरमा सिफारिसमा परेका छन् । दोस्रो नम्बरमा हेमराज शर्मा पोख्रेल (डायमण्ड) छन् । यसैगरी कविराम केसी, खिमबहादुर चौधरी, मिना बुढा र गिरबहादुर महरा पनि दुई नम्बर क्षेत्रबाट सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई हराएकी रेखा शर्मा भने यसपटक सिफारिसमा परिनन् ।

क्षेत्र नम्बर ३ मा प्रदेश सभा सदस्य धनबहादुर मास्की पहिलो नम्बरमा सिफारिस भएका छन् । यसैगरी मधुकर रिजाल, पुनम सेर्पाइली, अखिल क्रान्तिकारीका नेता नरेश रेग्मी, वाईसीएल अध्यक्ष पुष्प ओली पनि क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका छन् ।

अन्यमा विरेन्द्र विक, विप्लव ओली, गोपाल ओली, हरिश गिरि पनि सिफारिस भएका छन् ।

पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्लाबाट सम्मानार्थ सिफारिस गरिएको छ ।

यस्तो छ प्रत्यक्षतर्फ सिफारिस भएकाहरुको नामावली

  • . निर्वाचन क्षेत्र -१
  1. १. मेटमणी चौधरी
  2. २. कुल प्रसाद केसि
  3. ३. सुदन प्रसाद खनाल (युवा)
  4. ४. अमर कवर
  5. ५. दिलिप कुमार सोनी (नवयुवा)
  6. ६. दीपा रोका मगर
  7. ७ . लुम बहादुर कार्की
  8. ८. इन्द्रजित थारु
  • ख.  निर्वाचन क्षेत्र -२
  1. १. निर्मल आचार्य
  2. २. हेमराज शर्मा पोख्रेल
  3. ३. कबिराम के.सि. (युवा)
  4. ४. खिम बहादुर चौधरी
  5. ५. मिना बुढा
  6. ६. गिर बहादुर महरा ( नवयुवा)
  • ग. निर्वाचन क्षेत्र – ३
  1. १. धन बहादुर मास्की
  2. २. मधुकर रिजाल
  3. ३. पुनम सेर्पाइली
  4. ४. नरेश रेग्मी (युवा)
  5. ५. पुष्प ओली (युवा)
  6. ६. विरेन्द्र वि.क. (युवा)
  7. ७.विप्लव ओली (नवयुवा)
  8. ८. गोपाल ओली
  9. ९. हरिश गिरि (युवा)

घ. कृष्ण बहादुर महरा जिल्लाबाट सम्मानार्थ सिफारिस । साभार अनलाइन खबर

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
समाचार