सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१४ पुष । नेपाली कम्युनिस्ट पार्टीले दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
दाङ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ मेटमणी चौधरी पहिलो नम्बरमा सिफारिस भएका छन् । उनी दुईपटकसम्म सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
यसैगरी लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी दोस्रो नम्बरमा सिफारिसमा परेका छन् ।
प्रदेश सभा सदस्य इन्द्रजित थारु सिफारिस सूचीको अन्तिममा छन् ।
सिफारिसमा परेका अन्यमा सुदन प्रसाद खनाल, अमर कवर, दिलिप कुमार सोनी, दीपा रोकामगर र लुमबहादुर कार्की छन् ।
यसैगरी दाङ क्षेत्र नम्बर २ बाट निर्मल आचार्य पहिलो नम्बरमा सिफारिसमा परेका छन् । दोस्रो नम्बरमा हेमराज शर्मा पोख्रेल (डायमण्ड) छन् । यसैगरी कविराम केसी, खिमबहादुर चौधरी, मिना बुढा र गिरबहादुर महरा पनि दुई नम्बर क्षेत्रबाट सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई हराएकी रेखा शर्मा भने यसपटक सिफारिसमा परिनन् ।
क्षेत्र नम्बर ३ मा प्रदेश सभा सदस्य धनबहादुर मास्की पहिलो नम्बरमा सिफारिस भएका छन् । यसैगरी मधुकर रिजाल, पुनम सेर्पाइली, अखिल क्रान्तिकारीका नेता नरेश रेग्मी, वाईसीएल अध्यक्ष पुष्प ओली पनि क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका छन् ।
अन्यमा विरेन्द्र विक, विप्लव ओली, गोपाल ओली, हरिश गिरि पनि सिफारिस भएका छन् ।
पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्लाबाट सम्मानार्थ सिफारिस गरिएको छ ।
यस्तो छ प्रत्यक्षतर्फ सिफारिस भएकाहरुको नामावली
घ. कृष्ण बहादुर महरा जिल्लाबाट सम्मानार्थ सिफारिस । साभार अनलाइन खबर