माओवादी केन्द्रले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता 

बुधबार, फागुन २३, २०८०

दाङ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको छ। 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको बताउनुभयो । कूल ८७ सदस्यीय प्रदेश सभामा १० दलका ८६ र एक स्वतन्त्र सदस्य छन् । प्रदेशमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका तीन जना सदस्य छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
समाचार