Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

घोराही-११ मा विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

आइतबार, पुस २०, २०८२

घोराही,२० पुस- दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा सामूहिक रूपमा प्रवेश गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सोही वडाका नेता बेगम खड्काको अध्यक्षता तथा पार्टीका नेता तुल्सी डाँगी (मिलन) को प्रमुख आतिथ्यतामा नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरिएको हो।

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसबाट भिम बहादुर सार्की, शेर बहादुर नेपाली, निशा नेपाली, विनोद सुनार र होम बहादुर नेपाली रहेका छन्। त्यसैगरी नेकपा एमालेबाट सिताराम सार्की, विन बहादुर सार्की, कृष्ण बहादुर विक, सुनिता नेपाली, सुनिता सार्की, कृष्ण दसौदी, दिला नेपाली, बिना सार्की,विपना नेपाली, मिना नेपाली तथा अन्य दलबाट बालाराम परियारले संयुक्त रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिलनले नेपाली कम्युनिस्ट पार्टी श्रमिक, किसान तथा उत्पीडित वर्गको वास्तविक आवाज भएको बताउनुभयो। उहाँले देश र जनताको हितमा इमानदार राजनीति गर्ने शक्ति नेपाली कम्युनिस्ट पार्टी मात्रै हो भन्ने विश्वासका साथ नयाँ साथीहरू पार्टीमा जोडिनुभएको बताउनुभयो ।


पार्टीका नेता खिम बहादुर चौधरी र शक्तिराम डाँगीले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी सदस्यता वितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नेता चौधरी र डाँगीले वडास्तरमै पार्टीप्रति बढ्दो आकर्षणले जनताको भरोसा नेकपा पार्टीतर्फ बढिरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रम युवा नेता प्रकाश विकको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण चन्द्र प्रकाश बुढाले गर्नुभएको थियो। वडा कमिटिले यसअघि पनि पटक–पटक पार्टी प्रवेश कार्यक्रममार्फत नयाँ सदस्य भित्र्याउँदै आएको जनाउँदै स्थानीय नेतृत्वले आगामी दिनमा संगठन विस्तारलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साभार समाचार खाेजरफ्तार

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
समाचार