Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

एमालेले दाङका दुई क्षेत्रबाट उम्मेदवार सिफारिस, दाङ ३ मा १० जना आकांक्षी

सोमबार, पुस २१, २०८२

दाङ, २० पुस - एमालेले दाङका तीन वटा क्षेत्र मध्ये दुई वटा क्षेत्रबाट उम्मेदवारको सिफारिश टुंग्याएको छ ।

दाङ २ बाट महासचिब शंकर पोखरेलको एकल नाम सिफारिश गरेको छ, भने दाङ १ बाट पूर्व प्रदेशसभा सदस्य रेवतिरमण शर्मासहित डा. सुरामणी बेलवासे, अर्जुन गुरुङ,रामप्रसाद गैरे र कमला आचार्यको नाम सिफारिश गरेको छ ।
यी दुबै निर्वाचन क्षेत्रमा आईतबार उम्मेदवार टुंगो लगाईएको हो ।

दाङ क्षेत्र नं.३ मा भने आकांक्षी धेरै भएपछि उम्मेदवार सिफारिश गर्न चुनौति देखिएको छ । एमाले निकट स्रोतका अनुसार क्षेत्र नं.३ मा आईतबार बसेको बैठकमा १० जनाको आकांक्षा थियो ।

तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगर प्रमुख घनश्याम पाण्डेसहित पूर्व राज्यमन्त्री हिराचन्द्र केसी,नेत्रमणी लामिछाने, रामजी चौधरी, कृष्ण भुषाल, विनोद शर्मा, डिल्ली डाँगी,चुर्ण वहादुर वली,धमकली चौधरी र सीमा न्यौपानेले आकांक्षा राखेका थिए ।

सोमबारसम्म उम्मेदवार सिफारश गरि सक्नु पर्नेछ । यी नामहरु मध्ये जिल्लाले तीन जनालाई छनोट गरि पठाउने तयारी गरेको छ । यद्यपी घनश्याम पाण्डेलाई एकल सिफारिश गर्ने गरि कसरत भएपछि सार्थकता पाउन नसकेको एमाले निकट स्रोतले बताएको छ । साभार लाइभदाङ

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
समाचार