एमाले दाङ– २ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस

सोमबार, पुस २१, २०८२

दाङ, २१ पुस - प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

 क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय संयोजक सुदन केसीका अनुसार बैठकले सर्वसम्मत रूपमा पोखरेलको नाम सिफारिस गरेको हो।

दाङ क्षेत्र नम्बर २ महासचिव पोखरेलको गृह क्षेत्र समेत हो। पार्टीभित्र अनुभवी तथा प्रभावशाली नेताका रूपमा परिचित पोखरेललाई आगामी निर्वाचनमा उम्मेदवारका रूपमा अघि सारिएको हो।

क्षेत्रीय कमिटीको सिफारिस अब माथिल्ला पार्टी कमिटीमा पठाइने बताइएको छ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
समाचार