Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

अर्घाखाँचीमा एमालेद्वारा टोपबहादुर रायमाझीसहित पाँच जनाको नाम सिफारिस

मंगलबार, पुस २२, २०८२

दाङ,२२ पुष - आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा एमालेले टोपबहादुर रायमाझीसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

एमालेका पूर्वकेन्द्रीय सचिव टोपबहादुर रायमाझी, जिल्ला अध्यक्ष पीताम्बर भुसाल, बिजुला रायमाझी, बमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।

एमाले जिल्ला कार्यालय सचिव लीलाबहादुर विकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको छ ।

बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ । साभार नेपालप्रेस

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
समाचार