Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

क्रान्ति केसीको निर्देशनमा जिबन अकेलाको ‘‘दुख जिबनमा धेरै पाईयो’’ गित सार्बजनिक 

आइतबार, पुस २७, २०८२

काठमान्डौ, २७ पुस । गायक तथा संगीतकार जिबन अकेलाको सांङ्गितिक कोसेली ‘दुख जिबनमा धेरै पाईयो’ बजारमा आएको छ । यस गितमा शब्द/रचना संगीत र स्वर पनि स्वयम् गायक अकेलाको रहेको छ । दुख जिबनमा धेरै पाईयो बोलको कारुणिक भाब बोकेको यस गितमा संगीत संयोजन त्यस्तै गितको ध्वनि सम्पादन बिशाल निरौलाले गरेका छन् ।  

क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेको यस भिडियोमा अजय रेग्मीले  भिडियो छायांकन गरेका हुन् जसमा निराजन केसीले कलरको काम गरेका छन् । गितमा जिबन अकेलाका साथै , स्मारिका ढकाल, सेर बहादुर आले ,अनु महर्जन ,श्याम महर्जन ,बिजय महर्जन लगायतले अभिनय प्रस्तुत गरेका छन् । डाकोन पिक्चर्स र इस्नोफल डिजिटल ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण सम्पन्न भएको यस गित भोलुम अनको आधिकारिक युटुब च्यानल बाट सार्बजनिक भएको हो । 

हेर्नुहोस पुरा भिडियो


 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
समाचार