Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले राजीनामा दिने, दाङ ३ बाट चुनाब लड्ने

आइतबार, माघ ४, २०८२

दाङ,४ माघ - लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले पदबा राजीनामा दिने भएका छन् ।

उनले आईतबार प्रदेशसभामा राजीनामा दिने घोषणा गरेका छन् । उनले दाङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभा निर्वाचन लड्नकालागि प्रदेशसभामा राजीनामा दिने घोषणा गरेका हुन् ।


रुकुमपश्चिम–दाङ सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशबाठठ राजीनामा दिएर फागुन १२ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका हुन् । यही माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्