सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौ,४ माघ - नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ ।
यही क्षेत्रबाटै पोखरेलले चुनाव लड्दै आएका छन् । शनिबारको सचिवालय बैठकले भने पोखरेललाई यो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको थिएन ।
उपमहासचिव लेखराज भट्टले निर्णय सुनाउँदा दाङ–२ मा अध्यक्ष केपी शर्मा ओलीले पछि टुंगो लगाउने बताएका थिए । तर, आज यही क्षेत्रबाट महासचिव पोखरेल उम्मेदवार बन्ने टुंगो लागेको उच्च स्रोतले जनायो ।