Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नेपाली कम्युनिस्ट पार्टीले दाङका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

मंगलबार, माघ ६, २०८२

दाङ,६ माघ -  नेपाली कम्युनिस्ट पार्टीबाट दाङका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तोकेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं.१ मा मेटमणि चौधरी, २ मा निर्मल आचार्य र ३ नम्बरमा धनबहादुर मास्कीलाई पार्टीले टिकट दिएको छ ।

युवा उम्मेदवारको रुपमा रहनु भएका तीनै जना राजनीतिक अनुभव सहित कुशल संगठक र पार्टीमा महत्वपूर्ण जिम्मेवारी सम्माल्नु भएका नेताहरु हुनुहुन्छ । चौधरी यसअघि १ नं.निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद र शहरी विकास मन्त्री नै भइसकेको व्यक्तित्व हुनुहुन्छ भने आचार्य दाङ पार्टीे इन्चार्जको रुपमा लामो समयदेखि पार्टी,संगठन संन्चालन गरिरहेको व्यक्तित्व हुनुहुन्छ ।

२०७० सालमा उहाँ संविधान सभा सदस्यको रुपमा दाङको साविक ३ नं. निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नु भएको थियो । त्यस्तै मास्की लुम्बिनी प्रदेशको बहालवाला सांसद पदबाट राजीनामा दिएर क्षेत्र नं. ३ बाट प्रतिनीधि सभाको लागि उम्मेदवार बन्नु भएको छ ।
उहाँ लुम्बिनी प्रदेशको अर्थमन्त्री समेत भइसक्नु भएको जनयुद्धकालमा राजेश नामले प्रसिद्ध जनमुक्ति सेना नेपाल कुशल कमाण्डरको भूमिका निर्वाह गरेर व्यतित्व हुनुहुन्छ ।।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०६:०८
प्रतिक्रिया दिनुहोस्