दाङकाे क्षेत्र नं.३ मा गोपाल ओली (प्रबिन) लिए उम्मेदवारी फिर्ता, धनबहादुर मास्कीलाई समर्थन

शनिबार, माघ १०, २०८२

दाङ,१० माघ - दाङकाे निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका गोपाल ओली प्रबिनले नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हका आधिकारिक उम्मेदवार धनबहादुर मास्कीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने सहमति गरेका छन् ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

यस सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मला आचार्य, सल्लाहकार शेसुराम भण्डारी, केन्द्रीय सदस्य जोग बहादुर राणा तथा वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीलगायतको उपस्थितिमा छलफल सम्पन्न भएको हो। छलफलपछि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने उद्देश्यसहित प्रबिनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।

गोपाल ओली प्रबिन माओवादीका पूर्व लडाकु हुन्। उनले यसअघि नेपाली कम्युनिस्ट पार्टीभित्र विद्रोह गर्दै बागी उम्मेदवारी दर्ता गराएका थिए। तर पार्टी एकता, अनुशासन र जनताको हितलाई प्राथमिकतामा राख्दै अन्ततः आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको सहभागी नेताहरूले बताएका छन्।

पार्टी नेतृत्वले यो निर्णयले दाङ–३ मा वामपन्थी शक्ति एकताबद्ध भई निर्वाचनमा सशक्त रूपमा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
समाचार