नेपाली कम्युनिस्ट पार्टी दाङ–२ को चुनावी सम्पर्क कार्यालय स्थापना

आइतबार, माघ ११, २०८२

घोराही,११ माघ - दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीको चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको छ। घोराही उपमहानगरपालिका–१५ स्थित देउराली दोहोरी साझ नजिकै (समाजवादी चोक) मा कार्यालयको औपचारिक स्थापना गरिएको हो।

कार्यालय स्थापना कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार निर्मल आचार्यको अध्यक्षता तथा पूर्व मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू, जिल्ला तथा क्षेत्रीय नेताहरू, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेखा शर्माले जनताको हित, विकास र सुशासनका लागि नेपाली कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो।

अध्यक्षता गर्दै उम्मेदवार निर्मल आचार्यले दाङ–२ का जनताको विश्वास र समर्थनका साथ समावेशी विकास, सुशासन र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। कार्यालयले पार्टीको चुनावी अभियानलाई थप सशक्त बनाउने उहाँको भनाइ थियो।।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
समाचार