कार्यकर्ताको सक्रियता र समर्थकहरूको उत्साह बढेको छ : निर्मल आचार्य 

बिहीबार, माघ १५, २०८२

घोराही, १५ माघ - नेपाली कम्युनिस्ट पार्टी दाङ निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी अभियानलाई तीव्र बनाएको छ। बिहीबार घोराही–४ र तुलसीपुर–१७ मा कार्यकर्ता भेटघाट तथा निर्वाचन परिचालन समितिको बैठक सम्पन्न भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

बैठकलाई सम्बोधन गर्दै प्रत्यक्षतर्फका उम्मेदवार निर्मल आचार्यले कार्यकर्ताको सक्रियता र समर्थकहरूको उत्साहले आगामी निर्वाचन आफ्नो पक्षमा पर्ने निश्चित भएको बताउनुभयो। उहाँले जनतासँगको निरन्तर सम्पर्क, संगठनात्मक मजबुती र सामूहिक प्रयासले विजय सुनिश्चित हुने दाबी गर्नुभयो।623247248_2420033401762036_2522653443847714408_n-1769684265.jpg

त्यस्तै, समानुपातिकतर्फका उम्मेदवारहरू भिमकुमारी बुढा र सस्मती चौधरीले जनताको जनभावना र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने दृढ संकल्प रहेकाले निर्वाचनमा विजयी हुनेमा कुनै शंका नरहेको बताउनुभयो।

बैठकले नेपाली कम्युनिस्ट पार्टी दाङ–२ का प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागितासहित सम्पन्न बैठकले आगामी दिनमा चुनावी गतिविधिलाई अझ प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
समाचार