Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नेपाली कांग्रेसले आइतबार  घोषणापत्र सार्वजनिक गर्ने

शुक्रबार, फागुन १, २०८२

काठमाडौं,१ फागुन - नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा aसदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुभयाे ।

कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । प्रवक्ता चालिसेले प्रतिज्ञा पत्र सार्वजनिकका लागि आइतबार पत्रकार सम्मेलन आयोजना गरिने बताउनुभयाे।

उहाँका अनुसार प्रतिज्ञा पत्र सार्वजनिकका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्