टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ। 

मंगलबार, फागुन ५, २०८२

काठमाडौं,४ फागुन - आईसीसी पुरूष टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ। मुम्बईस्थित वानखेडे स्टेडियममा खेल नेपाली समयअनुसार साझ सवा ७ बजे सुरू हुनेछ। 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

समूह सी बाट सुपर ८ मा पुग्ने दुई टोली इ‌्रग्ल्यान्ड र वेस्ट इन्डिज पहिले नै तय भइसकेकाले यो खेल दुवै टोलीका लागि औपचारिकतामात्र बन्ने छ। तर पनि दुवै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन्। नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार व्यहोरेको थियो। 

दोस्रो खेलमा डेब्यु टोली इटालीसँग पराजित भयो भने तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुन पुग्यो। लगातार हारका बाबजुद कप्तान रोहित पौडेल नेतृत्वको टोली अन्तिम खेलमा जित निकाल्दै सकारात्मक सन्देश दिन चाहन्छ। नेपाल १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पार्ने योजनामा हुने छ।

स्कटल्यान्डले प्रतियोगिताको सुरूआत वेस्ट इन्डिजसँग ३५ रनको हारबाट गरेको थियो । त्यसपछि इटालीलाई ७३ रनले पराजित गर्दै पुनरागमन गर्‍यो। तर पछिल्लो खेलमा इ‌ंग्ल्यान्डसँग पाँच विकेटको हार व्यहोरेको थियो । सोमबार सम्पन्न खेलमा इंग्ल्यान्डले इटालीलाई पराजित गरेपछि स्कटल्यान्डको प्लेअफ सम्भावना समाप्त भएको हो।

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म दुई खेल भएका छन्, जसमा दुवैले एकएक जित हात पारेका छन्।विश्वकपमा नेपालले  आज स्कटल्यान्डसँग अन्तिम खेल खेल्दै

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्
समाचार