सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर, ७ फागुन - बंगलाचुली गाउँपालिका वडा नं. ६ र ७ मा नेकपा एमाले परित्याग गरी २५ परिवारका दर्जनौँ समर्थक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
वडा नं. ७ को एमालेको गढ मानिएको सिरुखर्कबाट १६ घरधुरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्। सोवीराम सारुको नेतृत्वमा होमबहादुर पुन, डुकमान अधिकारी, सारदा सारु, सुवाश सारु, मिनबहादुर सारु, प्रेम सारु, नुमा सारु र केशरी अधिकारी पार्टीमा प्रवेश गर्नुभएको छ। त्यसैगरी मनबहादुर घर्ती, पानस सारु, अनिल सारु, मिना सारु, डिला सारु, तुलसी सारु, खेमबहादुर सारु र मुमान थापा पनि पार्टी प्रवेश गर्नुभएको छ।
वडा नं. ७ गाउँपार्टी कमिटी अध्यक्ष गिरबहादुर थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराइएको हो। सो अवसरमा नेपाली कम्युनिस्ट पार्टी बंगलाचुली गाउँपार्टी कमिटी अध्यक्ष सविराम कामी, गाउँकमिटी सदस्यहरू लालबहादुर सारु, खिमबहादुर बैजाली, दुर्गाबहादुर समाल लगायतको सहभागिता रहेको थियो। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले अविर लगाएर स्वागत गर्नुभएको थियो।
यसैगरी बंगलाचुली गाउँपालिका वडा नं. ६ बाट ८ घरधुरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा डिला वली, भुपबहादुर खत्री, खगी वली, साउरी घर्ती, रिमा पुन, खिमा पुन, ऐनबहादुर वली र ज्ञानी वली रहेका छन्।
नेपाली कम्युनिस्ट पार्टी बंगलाचुलीका सचिव तथा वडा नं. ६ निर्वाचन परिचालन समिति संयोजक गोपिराम थापा, वडा कमिटी अध्यक्ष कमल खत्री र नेता घनश्याम पुनको अगुवाइमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो। नवप्रवेशीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तुल्सीराम पुनमगरलगायत नेताहरूले स्वागत गर्नुभएको थियो।