Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङ–२ मा तालमेलको हल्ला निराधार हाै : निर्मल आचार्य

बिहीबार, फागुन १४, २०८२

दाङ,१४ फागुन - दाङ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी तालमेलबारे फैलिएको हल्लाप्रति उम्मेदवार निर्मल आचार्यले कडा प्रतिक्रिया दिनु भएकाे छ। उहँले नेपाली कम्युनिस्ट पार्टी र नेकपा (एमाले) बीच दाङ–२ मा कुनै पनि प्रकारको चुनावी तालमेल नभएको र भविष्यमा पनि नहुने स्पष्ट पार्नुभयाे।

आचार्यले सामाजिक संजाल फेसबुकमा गर्दै सुरुदेखि नै भ्रम, अफवाह र झुटा प्रचारमार्फत मतदातालाई अलमल्याउने प्रयास भइरहेको आरोप लगाए। “कहिले ‘निर्मल जिम्दार भए’, कहिले ‘संकरलाई सहयोग गर्दैछन्’ भन्ने कपोलकल्पित कथा बनाइयो,” उनले भने, “यी सबै आधारहीन हल्ला हुन्, म यसको सशक्त खण्डन गर्दछु।”

उहाँका अनुसार यस्ता अफवाह फैलाउनेहरू आफ्नै हारको संकेत पढिरहेका छन्। “जनताको नेकपा प्रतिको उभार देखेर अत्तालिएकाहरूले अफवाहको सहारा लिएका छन्,” उहाँले उल्लेख गर्नुभएकाे छ।

आचार्यले आफ्नो राजनीति कुनै सौदाबाजी नभई जनआन्दोलनको निरन्तरता भएको दाबी गर्नुभएकाे छ। “म कुनै गोप्य सम्झौतामा होइन, जनताको खुला समर्थनमा उभिएको उम्मेदवार हुँ,” उहाँ भन्न्भयाे

उहाँले निर्वाचन परिचालन टोली, पार्टी पंक्ति र समर्थकहरूलाई ढुक्क र दृढ भएर घरदैलो अभियानलाई तीव्र बनाउन आह्वान गर्दै भ्रम चिर्न, सत्य बोल्न र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभएकाे छ।

अन्त्यमा उहाँले दाङ–२ मा तारा चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्दै “अफवाह फैलाउनेहरू इतिहास बन्छन्, जनताको विश्वास जित्नेहरू भविष्य बन्छन्” भन्ने सन्देश दिनुभएकाे छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
समाचार