Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रसुवा - १ मा कांग्रेसका मोहन आचार्य विजयी

शुक्रबार, फागुन २२, २०८२

काठमाडौँ,२२ फागुन - प्रतिनिधिसभा सदस्य  निर्वाचन रसुवा -१ मा नेपाली कांग्रेसका मोहन आचार्य  विजयी भएका छन् । १० हजार ६सय ५६मत प्राप्त  गरी कांग्रेसका आचार्य विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का बसन्त भट्टले ५ हजार ५ सय ७१  मत प्राप्त गरेका छन् । 

हिजो भएको मतदानमा रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १ सय ३६ मत खसेको  थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए ।

रसुवा जिल्लामा कुल मतदाता ४१ हजार ४ सय ७१ जना  रहेका छन् ।  साभार शिलापत्र

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
समाचार