सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
बाँके,२३ फागुन - बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी हुनु भएकाे छ। खगेन्द्र सुनारले २९५५१ ल्याएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्ललाई उहाँले ९९३६ मतान्तरले हराउनु भएकाे छ।
मल्लले १९६१५ मत प्राप्त गर्नुभएकाे छ। नेपाली कांग्रेसका अमरसिंह पुन १३२१५ मतसहित तेस्रो स्थानमा रहनु भएकाे छ विजयी भएका रास्वपाका सुनार दलित अभियानी हुनुन्छ। उहाँले छुवाछुत विरूद्ध विभिन्न समयमा प्रदर्शन गर्ने गर्नु भएकाे थियाे त्यस्तै राज्यका निकायमा दलितको प्रतिनिधित्वको सवाल तथा दलितमाथि हुने विभेद र हिंसा विरूद्ध पनि आन्दोलन गर्दै आएका छन्।