रेसुङ्ग नगरपालिका गुल्मीबाट सिकाइ अवलोकनमा आएको समुहलाइ रुन्टीगढी गाउँपालिकाद्वारा स्वगत

बुधबार, चैत २५, २०८२

२५ चैत रोल्पा, रुन्टीगढी गाउँपालिकाले सिकाइ अवलोकनमा आएको रेसुङ्ग नगरपालिका गुल्मीका न्यायिक समिति संयोजक तथा नगरपालिका उपप्रमुख अमृता देवी कवरको समुहलाइस्वगत गरिएको छ । न्यायिक समितिको सिकाइ अबलोकन भ्रमनमा रोल्पा रुन्टीगढी गाउँपालिकामा आउनु भएका उहाँहरुलाइ पालिका द्वारा बुधबार एक कार्यक्रम आयोजना गरि स्वागत गरिएको हो । 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना


अतिथी सम्मान गर्ने हेतुले गाउँपालिकाले एक कार्यक्रमका बीच पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सरिता के सीको अध्यक्षतामा स्वागत गरिएको हो । उक्त स्वागत कार्यक्रमको प्रमुख अतिथीमा गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको थियो । नब आगन्तुक पाहुनाहरुलाई पालिका अध्यक्ष पुनले पुष्प गुच्छाद्वारा स्वागत गर्नु भएको हो ।अवलोकन सिकाइ भ्रमनमा रेसुङ्गा नगरपालिका गुल्मीका न्यायक समिति संयोजक तथा उपप्रमुख अमृता देवी कवर रेसुङ्गा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम खत्री, रेसुङ्गा नगरपालिका न्यायिक समिति सदस्य रामप्रसाद मरासैनी, रेसुङ्गा नगरपालिका सूचना प्रविधि, राजस्व, सहकारी, न्यायिक समिति सदस्य सचिव सुरेश खनाल लगायतको उपस्थीति रहेको थियो । रुन्टीगढी गाउँपालिका न्यायिक समिति सदस्य सचिव दीपक पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको स्वागत कार्यक्रममा रुन्टिगढी गाउँपालिकाको परिचय बोकेको गीत द्वारा थप जानकारी दिने समेत प्रयास गरिएको थियो ।

WhatsApp-Image-2026-04-08-at-2.54.24-PM-(1)-1775639590.jpeg

साथै रेसुङ्गा नगरपालिका नगर उपप्रमुख तथा न्यायक समिति संयोजक अमृता देवी कवर लाई रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन , उपाध्यक्ष सरिता केसी र प्रमुख प्रशासकीय अधिकृत धनी प्रसाद खड्काद्वारा मायाको चिनो समेत प्रदान गरिएको थियो । रेसुङ्गा नगरपालिका न्यायिक समितिको सिकाई अवलोकनमा आउनुभएकी उपप्रमुख एवं न्यायिक समिति संयोजक अमृता देवी कवरले मन्तव्य राख्ने क्रममा अवलोकन समय छोटो भएकाले भनेजति ठाउँ अवलोकन गर्न नपाएको र अलि लामो समय लिएर अवलोकन आउनुपर्ने ठाउँ भएको उल्लेख गर्नु भयो । गाउँपालिकाको व्यवस्थापन र सबै संरचना परिसर अवलोकन गरिसकेपछि रुन्टीगढी गाउँपालिका व्यवस्थापनको हिसाबले गाउँपालिका नभएर नगरपालिकाको जस्तो भएको महसुस गरेको समेत उहाँले बताउनुभयो । साथै अन्त्यमा गाउँपालिकाका सम्पूर्ण टिमलाई यसैगरी आफ्नो नगरपालिकामा पनि स्वागत गर्न पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

WhatsApp-Image-2026-04-08-at-2.54.24-PM-1775639692.jpeg


 

 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
समाचार