Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

काँग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने

आइतबार, फागुन २७, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ।

आइतबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी सांसदीय दल कार्य समितिको बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो।

राष्ट्रिय सभाको अध्यक्ष पदमा लागि युवराज शर्मालाई प्रस्ताव गर्ने निर्णय गरिएको पार्टी संसदीय दलकी सचेतक सुशीला थिङले जानकारी दिनुभयो। पार्टीको तर्फबाट प्रस्तावित अध्यक्ष पदका उम्मेदवार शर्माको पक्षमा मतदान गराउनका लागि अन्य प्रतिपक्ष दलसँग पनि छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।

सचेतक थिङले भन्नुभयो,  ‘हामीले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार युवराज शर्मालाई प्रस्ताव गर्ने निर्णय गरेका छौं। उम्मेदवारीसँगै हामीले प्रतिपक्षमा बसेका अन्य पार्टीसँग पनि कोअर्डिनेशन, सरसल्लाह गरेर जाने भन्ने निर्णय भएको छ।’

यसअघि काँग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई सभाको अध्यक्ष बनाउने योजनासहित राष्ट्रियसभा सदस्य बनाएको थियो। तर माओवादी केन्द्रले सो पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेपछि सत्तारुढ गठबन्धन टुटेको थियो। राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गत मंगलबार हुँदैछ। 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
समाचार