सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ,२९ साउन - नेपाल प्रिमियर लिग (एनपीएल)को साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोशन डिकवेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
लुम्बिनीले फेसबुकमार्फत यसबारे जानकारी दिएको छ । गएको सिजनका ब्याटर तथा विकेटकिपर डिकवेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
समूह चरणको चार खेल खेलिसकेपछि डिकवेला लुम्बिनीसँग जोडिएका थिए । उनी आउँदा लुम्बिनी ३ खेल हारेर संकटमा थियो । डिकवेलाले ६ खेलमा १२२ माथिको स्ट्राइक रेटमा १३७ रन बनाएका थिए ।
लुम्बिनीबाट डिकवेला भन्दा बढी रन बनाउनेमा रोहित पौडेलले २७६ र डार्सी शर्ट २५६ रन बनाएका थिए । निरोशन डिकवेलालाई पुन लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलिको भनाइ छ ।
डिकवेला अहिले दम्बुला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लिग खेलिरहेका छन् । ३३ वर्षे डिकवेलाले श्रीलंकाबाट ५४ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।