सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २९ साउन - तुलसीपुरमा कुलोमा बगेर तीन बर्षीय बालकको मृत्यु भएको छ । सल्यान घर भइ तुलसीपुरको अटो भिलेज नजिकै आमा संगै डेरा गरि बस्ने बालक बिहीबार बेलुकी ५ बजेतिर स्थानीय कुलोमा बगेका थिए ।
३ बर्षीय सुशिल बिक तुलसीपुर उपमहानगरपालिका– ६ गौलौरास्थित नालामा अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पुर्याएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार बेलुकी पौने ६ बजेतिर चेकजाँच पछि चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् ।
आमा कमला बिक र छोरा अटो भिलेज नकिजै भाडामा बस्दै आएको भन्ने खुलेको प्रहरीले जनाएको छ । साभार लाइभदाङ