एनपीएल तेस्रो सिजन : सिकन्दर राजाले चितवन राइनोजबाट खेल्ने

आइतबार, भदौ ७, २०८३

काठमाडौँ,७ भदाै - जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन् ।

चितवन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी–ट्वान्टी प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने उसको अपेक्षा छ । ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाडीमध्ये एक हुन् ।

उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एकदिवसीय, टी–ट्वान्टी अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन् ।

प्रतियोगितामा चितवन राइनोजसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आउँदो कात्तिक ९ देखि मंसिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्
समाचार