दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
रसुवा बाढी पहिराे

रसुवा बाढीमा बगेका ७ जनाको शव फेला, उद्धार कार्य जारी

बुधबार, भदौ १०, २०८३

काठमाडौं, १० भदौ - रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीमा परी बगेका सात जनाको शव फेला परेको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी दीपक रेग्मीका अनुसार बुधबार फेला परेका शवमध्ये नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव भेटिएको हो।

बुधबार बिहान करिब ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको थियो। तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै आएको बाढीको प्रभाव नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाका नदी क्षेत्रमा समेत परेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रमा परिचालन भई उद्धार कार्यमा खटिएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १४:३५
प्रतिक्रिया दिनुहोस्